नियम १७
अन्य सवारीको वर्गीकरण तथा क्षमता
नियम १५ र १६ मा उल्लिखित सवारीहरू बाहेक डोजर, लोडर, डम्फर, क्रेन, दमकल, रोडरोलर, स्काभेटर जस्ता अन्य सवारीहरूको वर्गीकरण र भारवहन क्षमता त्यस्तो सवारी निर्माता कम्पनीले जारी गरेको क्याटलग, स्पेशिफिकेशन वा मापदण्डको अधीनमा रही प्रज्ञापनपत्रमा उल्लिखित विवरण, सवारीको स्वरूप तथा आकृतिलाई समेत विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।